काठमाडौं – देशभर गएको बाढी पहिरोबाट प्रभावितलाई सम्बोधन गर्न केही बेरमा मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे बस्न लागिएको बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढीपहिरोले पुर्याएको क्षतिले आफ्नो मन भारी भएको बताए।
‘देशमा बाढी पहिरोका कारण पुर्याएको क्षतिले मन भारी भएको छ। प्रभावितलाई राहत कसरी पुर्याउने, उद्धारका काम के भइरहेको छ। यसबारे छलफल गर्न अहिले ३ बजे मन्त्रिपरिषद्को बैठक बस्नेछ,’ प्रम ओलीले भने, ‘ पूर्व निर्धारित कार्यक्रम भएकाले मात्र यहाँ आएँ। पुरस्कृत हुनै सबैलाई बधाई।’
भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले ४२ लाई सम्मान गरे। बाढीपहिरोका कारण देशभर ५० जनाको मृत्यु भइसकेको छ।

