२९ असार — अबिरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा ५० जनाको ज्यान गएको छ । आइतबार बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएका छन् ।
उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १ सय ४ जनाको उद्धार गरिएको छ । ३३ जना बेपत्ताको खोजी कार्य भइरहेकाे प्रहरीले जनाएको छ ।


