बढीले बगाउँदा पर्सामा एक जना वेपत्ता

spot_img

वीरगन्ज , ३० असार –  बरगंज महानगरपालिका वडा नं. २५ सिर्सिया छोटि भन्सार नजिकै बस्ने बर्ष ५० को दुर्गा साह सोमवार राती १० बजे पिसाब फेर्न जान्छु भनि घरबाट बाहिर निस्कको वेला अकस्मात खुट्टा चिप्लीएर सिर्सिया खोलामा खस्दा बाढीले बगाएको प्रहरीले जनाएको छ । नदीले बगाएको खबर प्राप्त हुन साथ घटना स्थल पुगेको प्रहरी टोलीले उनको खाजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बगाई लगेकोे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट पुगेको टोली तथा मातहत कार्यलय समेतबाट उक्त स्थान तथा उक्त खोलाले बगाएर लैजान सक्ने सम्भावित स्थानमा प्रहरी टोली खटि गई तिब्र रुपमा खोजतलास गर्ने कार्य भईरहेको पर्साका प्रहरी नायब उपरिक अनन्तराम शर्माले बताउनु भयो । राती देखि खोजी कार्य जारी रहेको भए पनि हाल सम्म साहको पत्ता नलागेको प्रहरीको भनाई रहेको छ । स्थानियहरुका अनुसार उनलाई खोलाले भारत बगाएर लगेको हुन सक्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय