बाढी पहिरो अपडेट : मृत्यु हुने ६५ पुगे, ३० बेपत्ता, ३८ घाइते

हेर्नुहाेस् कुन सडककाे अवस्था कस्ताे छ...

spot_img

काठमाडाैं— अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण सोमबारसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरुषको मृत्यु भएको हाे।

प्रहरीको विवरण अनुसार देशभर १२ जना महिला र १८ जना  पुरुष गरी ३० जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन्। सेना, प्रहरी, सशस्त्र प्रहरीकाे टाेलीले १ हजार ४४६ जनाको उद्दार गरिसकेको छ। प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­दुई र उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ।

बाढी पहिराेले देशका विभिन्र सडक खण्ड अवरूद्ध भएकाे छ । हेर्नुहाेस् कुन सडककाे अवस्था कस्ताे छ…

spot_img

ताजा अपडेट

लोकप्रिय