के तपाईंलाई थाहा छ ?
हाल नेपालमा लगभग ९,००,००० मानिस डिप्रेसनको सिकार भइरहेका छन् ?
के कारणले डिप्रेसन हुन्छ ?
डिप्रेसनबाट उन्मुक्ती कसरी पाउने ?
यसलाई निर्मुल गरी सकारात्मक जीवन कसरी बिताउने?
डिप्रेसन रोग परापूर्वकालदेखि देखिदैं आएको रोग हो । डिप्रेसन रोग धेरै मानिसमा पाइने रोग हो । डिप्रेसन रोग लागेको बिरामीलाई आफूलाई अर्कै रोग लागेको भान हुन्छ। पटक पटक उपचारको शिकायत गर्ने धेरै परिक्षण रगत एक्सरे आदि जाँच गर्ने तर रोग नभेटिने यो रोगमा केहि विरामी पिडा सहन नसकी आत्महत्या गर्ने गरेको पनि पाईएको छ। एकै पटक धेरै अंगको लक्षणहरु देखिने समस्या छ भने त्यो डिप्रेसन पनि हुनसक्छ।
डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन्। शारिरिक रोग जस्तै क्यान्सर, चिनीको रोग, थाइराइड ग्रन्थिको गडबडी तथा दिर्घ रोगीहरुमा पछि गएर डिप्रेसन रोग लाग्ने सम्भावना बढी रहन्छ।
डिप्रेसनका बिरामी एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन्। जस्तै परिक्षामा १ पटक फेल भएमा अब सधै फेल भइन्छ भनी आतिन्छन्, जुन गलत हो। कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाईबाट पिडित हुन्छन्। मनमा यस्ता सोचाई लिन्न भनेपनि ती सोचाइ आउनाले छटपटि महसुस गर्छन्।
डिप्रेसनका बिरामी रोगको कारण अनौठो लक्षण देखाउँदा कुटाई खाने, बोक्सीको आरोप पाउने गरिएको पनि भेटिएको छ। मानसिक रोगको झन्डै एक तिहाई हिस्सा ओगट्ने डिप्रेसनका बिरामी आफुलाई नसाको रोग लाग्यो भन्न रुचाउँछन तर आफु पागल बनिन्छ भन्ने ठूलो पिर उनीहरुमा हुन्छ। वास्तवमा यो रोग पागल हुनु भन्दा फरक हो र यो अर्को रोगमा परिणत हुदैन।
डिप्रेसनका रोगीहरुलाइ केही हदसम्म डिप्रेसनबाट मुक्त गराउन उत्प्रेरणाको पनि आवश्यक्ता पर्दछ । मानिसमा डिप्रेसन मुख्यतः असफलताबाट उब्जने गर्छ । तसर्थ, समाजमा उच्च आहोदा भएका सफल व्यक्तिहरुको जीवनीबाट पनि मानिस डिप्रेसनबाट मुक्त हुन सक्ने विशेषज्ञहरुको भनाई छ ।
यसैको प्रयास स्वरुप रेलईभेन्ट म्यानेजमेन्ट तथा लिभिङ्ग विथ ईन्भारोमेन्टको संयुक्त आयोजनामा काठमाण्डौमा यसै श्रावण अन्तिम साता काठमाण्डौ लाईभ नामक कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रममा सामाजिक रुपमा सफल केही व्यक्तिहरुको अनुभव साटासाट गरिने आयोजकको भनाई छ ।
कार्यक्रमका वक्ताहरु :
१. बसन्त राज कुँवर, नार्कोनन् नेपाल (अध्यक्ष)
काठमाडौं, नेपालको राजधानी । सभ्वतः नेपालमै सबभन्दा बढी घनत्व भएको सहर । लामो समयदेखि आध्यात्मिकता, सत्य र ज्ञानको खोजीमा छ । तर, लागूऔषध र मदिराको दुर्व्यसनले नेपालमा पनि मानिसहरूलाई यति धेरै उक्साएको छ कि यसको अत्यधिक सेवनबाट मृत्यु हुनेहरुको तादाद दिनप्रतिदिन बढ्दै छ । यी व्यक्तिहरुलाई ड्रग्सबाट आध्यात्मिक र शारीरिक स्वतन्त्रतामा फर्काउन सहयोग र्पुयाउन, नार्कोनन नेपाल स्थापना भयो । डिप्रेसनबाट मुक्ति दिलाउने उपायहरुका बारेमा बताउन नार्कोनन् नेपालका अध्यक्ष कुँवर काठमाण्डौ लाईभमा आउने भएका छन् ।
२. डा. रचना शर्मा बस्नेत, मनोविज्ञान विशेषज्ञ
काठमाडौं मेडिकल कलेजको मनोविज्ञान विभागमा सहायक प्रोफेसरको रूपमा कार्यरत र ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल धापासी, मनोचिकित्सक संघ, नेपाल र सम्बन्धित डिमेन्शिया सोसाइटी नेपालको मनोविज्ञान विभागमा सहायक प्रोफेसरको रूपमा कार्यरत।
३. रञ्जु दर्शना , युवा राजनितीज्ञ
रञ्जु दर्शना, नेपालकी एक सक्रिय युवा अभियन्ता तथा युवा राजनीतिज्ञ हुन् । विगत ४ बर्षदेखि युवा राजनीतिमा सक्रिय दर्शना, काठमाण्डौ महानगरको मेयरको लागि उम्मेद्वार भएपछि सामाजिक रुपमा चिनीनु भयो । २०१८ को उत्तरार्धमा उहाँ पार्टीको पहिलो साधारण अधिवेशनबाट केन्द्रीय सदस्यको रूपमा निर्वा्चित हुनुभयो।
४. कञ्चन झा, प्रमुख कार्यकारी अधिकृत ( सानो पाईला )
सामाजिक संस्था सानो पाईलाका प्रमुख कार्यकारी अधिकृत हुन्, कञ्चन झा । सन् २००६ देखि सक्रिय सानो पाईला, एक विकास उन्मुख, गैर नाफामुलक संस्था हो । सफलतापूर्वक विविध प्रकारका कार्यक्रमहरू प्रबन्ध गर्नुका साथै समाजमा
…………………
काठमाण्डौ लाईभ यहि श्रावण ३२ गते, शनिबार हुँदैछ ।

