आर्थिक क्रान्ती काग्रेसकै नेतृत्वमा सम्भव : बालमिकी यादव

spot_img

भनिन्छ चन्द्रमाको चान्दनी पर बाटै हेर्दा राम्रो । आज यस्तै सोचको भुमरीमा हाम्रो नेपाली समाज अल्झीएको छ । एकातिर नेपालमा लोकतन्त्र र स्वतन्त्रताको स्थापनाका लागी लडेको संस्था आफैमा सबै बिर्सेर अल्झिनु र अर्कोतिर जनतामा ठूल्ठूला सपनाको खेती गरी अधिक सङ्हर्षबाट स्थापना गरेको लोकतन्त्र र स्वतन्त्रतामाथी एक पछी अर्को प्रहार गर्दैजानुले देशमा ठुलो अप्रिय घटना आईपर्न लागेको दुखदः आभाष भईरहेको छ । आज हामीलाई राष्ट्रियताको पाठ सिकाउन खोज्नेलाई भन्न चाहन्छौ – साथिहरु, श्री ५ त्रिभुवनले देशलाई नै चाचा नेहरु सामु भेटी चढाउँदा र राणा शासनले नेपाली जनतामाथी त्राहिमामको अवस्था सृजना हुँदैगर्दा सायद, अचेलका राष्ट्रवादी भनाउँदाहरु गर्भबासमै होलान् । त्यस बेला जननेता बिपी कोइराला राणा साशन विरुद्ध सङ्ग्घर्ष गरी राजसंस्था सहित देशलाई जोगाएको इतिहास स्मरण गराउन चाहन्छौ ।

जनतालाई राष्ट्रियता को नाममा नेकपा र आफुलाई मधेसको मशिहा भन्ने समाजवादि र राजपालाई जनताले नजिकबाट नियाल्दै छन् । अहिले हरेक क्षेत्रमा भ्रष्टाचार र सरकारको रमिताले जनतामा चरम निराशाको बादल छाएको बेला देशको सम्पूर्ण वर्ग नेपाली कागं्रेस तिर आशाको नजरले हेर्दैगर्दा, हामी थप जिम्मेवार हुनेबेला आन्तरिक बिवादले हामी जस्तो लाखौ उर्जावान युवालाई निराश बनाउदै गरेको अवस्था छ ।

नेपालको इतिहासमा ठूल्ठूला राजनितिक परिवर्तन नेपाली काग्रेसकै नेतृत्वमा

नेपालको इतिहासमा ठूल्ठूला राजनितिक परिवर्तन नेपाली काग्रेसकै नेतृत्वमा सम्भव भएको हुँदा, अब आर्थिक परिवर्तनको पनि नेतृत्व काग्रेस बाहेक सम्भव नरहेको महशुस आम जनमानसमा पनि पाइन्छ । अब एकचोटी फेरी समयले आर्थिक क्रान्तीकोलागी भ्रमको खेतिगर्ने हरु सँग लडेर देशलाई आर्थिक क्रान्तीको पथ मा डोहार्याउने जिम्मेवारी हामी माथी आएको छ ।

  • बालमिकी यादव , नेविसंघ जिल्ला उपाध्यक्ष (पर्सा)
spot_img

ताजा अपडेट

लोकप्रिय