ठोरीमा ऐतिहासिक पार्क निर्माण गरिने

spot_img

ठोरी, ३ चैत – पर्साको ठोरी गाउँपालिका वडा नं. २ मा रहेको राई धारा परिसरमा ऐतिहासिक पार्क निर्माण गरिने भएको छ । स्थानीय कै संलग्नतामा नेपालको पहिचान झल्काउने पार्क निर्माण गर्ने योजानाका साथ ठोरी आएका ठोरी समन्वय समाज चितवनको टोलिले काम सुरु भएको २ वर्ष भित्रमा कार्य सम्पन्न हुने गरी पार्क निर्माण कार्य अघि बढाइने समितिका अध्यक्ष चक्र बहादुर कुँवरले जानकारी दिए ।

अध्यक्ष कुँवरका अनुसार ठोरीबासीको अपनत्व हुने गरी पार्क निर्माण गरिने छ । निर्माण गरिने पार्क भित्र राष्ट्रिय विभुतिका शालिकहरु, मिनी धरहरा, पशुपतिनाथको मन्दिर, बौद्ध स्तूप, पिकनिकका ट्रष्टहरु, चिल्ड्रेन पार्क लगायतका नेपाली संस्कृति झल्काउने विभिन्न संरचनाहरु बनाउने लक्ष्य रहेको समेत अध्यक्ष कुँवरले जानकारी दिए । ठोरीको पर्यटन विकास गर्ने उदेश्य रहेकाले यस कार्यमा सबैको सहयोगको अपेक्षा समेत आफुले राखेको अध्यक्ष कुँवरले बताए । पार्क निर्माण गरिसकेपछि निर्मल ठोरी उपभोक्ता समितिलाई हस्तान्तरण गरिने समेत अध्यक्ष कुँवरले बताए ।

नमुना ठोरी बनाउने काममा यस योजनाले मजबुत पिल्लरको कार्य गर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरी निर्मल ठोरी उपभोक्ता समितिले आवश्यक जग्गा उपलब्ध गराएको समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।
तोकिएको समयमा निर्माण पूरा भए ठोरी प्रदेश नं. २ कै उत्कृष्ट गन्तव्य बन्ने कुरामा आफू विश्वस्त भएको ठोरी २ का वडा सदस्य श्यामहरि शर्माले बताए । समग्र नेपाल कै पहिचान झल्काउने कार्य गर्न ठोरी समन्वय समिति उत्सुक भएको देखेर खुशी लागेको बताउँछन् –सामुदायिक रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठ । अध्यक्ष श्रेष्ठका अनुसार यस क्षेत्रमा भएको पर्यटकीय संभाव्यतालाई राज्यले नजरबन्द गरेको अवस्थामा ठोरी समन्वय समितिले स्थानको खोजी गर्दै आफै आउनु प्रशंसनीय कार्य भएको बताउँदै ठोरी बासीले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

ठोरीमा जन्मेर चितवन बस्दै आएका व्यक्तिहरुको साझा समाज गठन गरी ठोरीको हरेक समस्यामा सक्दो सहयोग गर्दै आएको समितिले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको र ठोरीको हरेक समस्यासँग नजिक रहेको बताउँदै ठोरीलाई पर्यटन प्रवर्द्धन गर्ने कार्यमा कुनै कसुर बाँकी नराख्ने समितिका सदस्य सफल बुढाथोकीले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय