रामकिशोर चौधरी थारु
सखुवा प्रसौनी, ३ चैत – पर्साको सखुवा प्रसौनी गाउँपालिका स्वास्थ्य शाखाले ग्रामीण संचारकर्मीहरुसंग स्वास्थ्य सम्बन्धि एक दिने अन्तरक्रियामा समपन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप कुमार जसवालले उद्घाटन गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जयसवालले सखुवा प्रसौनी गाउँपालिकालाई जिल्लाकै नमुना गाउँपालिका बनाउन आफुले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय विकास गरेको दाबी गरे । स्वास्थ्य तथा शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको र कही कुनै किसिमको गुनासो नभएको र सकेसम्म गुनासो नआउने गरी विकास गर्ने कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
गाउँपालिकाको सबैजसो विकास तथा अन्य गतिविधि सुधार र अनुशासित बनाउन पत्रकारको आलोचना आवश्यकता रहेको पनि अध्यक्ष जयसवालले बताए । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश रौनियार र सह–संयोजक सरोज गिरीले पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा स्थानीय पत्रकार प्रमोद यादव, कृष्णमोहन साह, रामकिशोर चौधरी, लालबाबु बानियाँ, मेघराज राय थारु, मनोज पटेल, सन्तोष साह, नवराज फुयाल, चिरञ्जीवी यादव, बलिराम शुक्ला लगायतको उपस्थिति रहेको थियो ।

