प्रदेश २ मा छैन पिसिआर, स्वाब परिक्षण गर्न बागमती प्रदेशले गर्‍यो अस्विकार

spot_img

बीरगन्ज, २० बैशाख – एउटा पनि पिसिआर मेसिन सन्चालन नभएको प्रदेश नम्बर दुईमा कोरोनाको संक्रमण फैलने थप जोखिम बढेको छ । छिमेकी बागमती प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोशालाले स्वाब परिक्षण लागि नमुना लिन अस्वीकार गरेपछि थप जोखिमको बढेको छ ।

केन्द्रीय प्रयोगशालामा पठाउँदा नतिजा आउन समय लाग्ने र त्यसले स्थानीय तहमा संक्रमणको थप जोखिम बढ्ने देखिएको हो । प्रदेश दुईमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । जनकपुरको पिसिआर मेसिनले पनि विश्वसनीय नतिजा दिने छाडेपछि हाल प्रदेशभरका संक्रमितलाई उपचारका लागि बीरगन्जमा थुपारिन्छ । तर संक्रमितको स्वाब परिक्षणको दिइएको पिसिआर मेसिन सन्चालनका लागि कसैको पहल छैन ।

प्रदेश दुई कोरोनाको रेड जोनको रुपमा देखिदाँ समेत पिसिआर परिक्षणलाई तिव्रता दिनुपर्नेमा प्रदेश र केन्द्र सरकारको पहल छैन । प्रारम्भिक चरणमा बागमती प्रदेशको हेटौंडास्थित प्रादेशिक प्रयोगशालाले स्वाब परिक्षण गरेपनि हाल आएर परिक्षण गर्न अस्वीकार गरेपछि जोखिम बढ्ने त्रास प्रदेश दुईमा देखिएको छ ।

घटना यस्तो
बारामा कोरोना पृष्टि भएका परिवारका सदस्य र निकटस्थ ७ जनाको ‘थ्रोब स्वाब’ परीक्षण लागि नमुना लिन हटौंडाले अस्वीकार गरेको हो । प्रदेश २ सामाजिक विकास मन्त्रालय र स्वास्थ्यकर्मीको टोलीले बिहीबार सिमरास्थित कोरोना विशेष अस्थायी अस्पतालको क्वारेन्टाइनमा रहेका ७ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणका लागि प्रदेश २ मा भरपर्दो व्यवस्था नभएपछि र छिमेकी जिल्ला मकवारपुरको प्रदेश जनस्वास्थ्य प्रयोशालाले आफूकहाँ स्वाब नपठाउन निर्देशन दिएको थियो । बारामा कोरोना पृष्टि भएका २ जनाको परिवार र निकटस्थ ७ जनाको नमुना हिजो शुक्रबार काठमाडौं पठाइएको थियो ।

‘छिटो छरितोका लागि हामीले ७ जनाको स्वाब परीक्षण नमुना हेटौंडा पठाउने तयारी गरेका थियौं, तर त्यहाँबाट नमुना नपठाउन हामीलाई ठाडो आदेश आएकोले काठमाडांै पठाउन बाध्य भयौं,’ जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख राजकिशोर पण्डितले भने, ‘हामीले प्रदेश २ लाई स्वास्थ्य साम्रगी दिएका छौं, त्यसकारण त्यहाँको स्वाब परीक्षणका लागि प्रदेश २ सरकारले नै व्यवस्था गर्नुपर्छ, हामीकहाँ नपठाउनुस् भनियो ।’

केन्द्रीय प्रयोगशालामा पठाउँदा नतिजा आउन समय लाग्ने र त्यसले स्थानीय तहमा संक्रमणको थप जोखिम बढाउने जनस्वास्थ्य प्रमुख पण्डितले जनाएका छन् ।

प्रदेश २ मा छैन पिसिआर
सरकारले पिसिआर परिक्षणको दायरा बढाएको दाबी गरेपछि प्रदेश दुईमा भने एउटा पनि पिसिआर मेसिन सन्चालनमा छैन । केन्द्रिय सरकारले सबैभन्दा पहिला जनकपुरस्थित प्रादेशिक अस्पताललाई पठाएको पिसिआर मेसिनको रिर्पोटको विश्वसनियामाथि नै प्रश्न उठेपछि हाल त्यहाँ स्वाब परिक्षण स्थगित छ । यता, प्रदेश सरकारले जसोतसो गरेर जगेडामा राखिएको पिसिआर मेसिन बीरगन्जस्थित नारायणी अस्पताललाई उपलब्ध गराएपनि त्यत्तिकै थन्किएको छ । आश्वयक उपकरणको अभावमा सो पिसिआर मेसिन थन्किएको छ । यसका अलावा प्रदेश दुईमा अन्य कतै पनि पिसिआर मेसिन छैन । यद्यपि, जनकपुरस्थित प्रादेशिक अस्पतालमा फेरि अर्को पिसिआर मेसिन पठाइएको समाचार भने आएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय