बाराको बलिरामपुरमा तनाव, स्थानीय र एसएसबीका जवान बीच कुटाकुट

spot_img

बारा, २३ बैशाख – बाराको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा तनाव उत्पन्न भएको छ । स्थानीय र एसएसबीका जवान बीच भएको कुटाकुटले तनाव उत्पन्न भएको हो । सो गाउँपालिकाको वडा नं. ४ बलिरामपुरमा अहिले तनावपूर्ण अवस्था छ ।
सोमबार बेलुकी बलिरामपुरका केही युवाले एसएसबीका एक जवानलाई कुटपिट गरेको र आज एसएसबीका जवानले खेतमा काम गरिरहेका विश्रामपुरका छोटेलाल साहलाई कुटपिट गरेपछि तनाव उत्पन्न भएको हो ।

बलिरामपुरका स्थानीयले भारततर्फका आफ्न्तलाई तरकारी पु¥याउन सीमा नजिक पुग्दा एसएसबीका जवानले कुटपिट गरेपछि विवाद उत्पन्न भएको बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पँगेनीले जानकारी दिनुभयो । बदलामा दशगजा नजिकै रहेकोे खेतमा काम गरिरहेका साहलाई आज बिहान एसएसबीका जवानले कुटपिट गरेपछि तनाव सिर्जना भएको विश्रामपुर ४ का वडाध्यक्ष मदन यादवले जानकारी दिनुभयो ।

प्रतिरोधमा पुनः आज बिहान कुटिएका ती स्थानीयका दुवै तर्फका स्थानीयले सीमामा पुगेपछि तनाव उत्पन्न भएको पंगेनीले बताए । पछि नेपाल र भारतका सुरक्षाकर्मीले दुवै तर्फका स्थानीयलाई तितरबितर बनाएपछि घटना साम्य भएको प्रहरी उपरिक्षक पंगेनीले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय