spot_img

नारायणीमा जनरल स्वास्थ्य सेवा सुचारु गराउन समानीको धर्ना जारी

spot_img
spot_img

बीरगन्ज, २३ बैशाख -बीरगन्जस्थित नारायणी अस्पतालमा पूर्ववत रुपमा स्वास्थ्य सेवा सुचारु गर्न माग गर्दै नवगठित जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन समानीले घरबाटै धर्ना जारी राखेका छन् ।

नारायणी अस्पताल बीरगन्जलाई संघीय सरकारले कोरोना अस्पताल बनाएपछि जनता समाजवादी पार्टी लगायत सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, संघ–संस्थाले छुट्टै कोभिड अस्पताल स्थापना गरी नारायणीको जनरल स्वास्थ्य सेवा सुचारु आवाज उठाउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर घरमै धर्ना बसेको समानीले बताए । समानी गत बैशाख २१ गतेदेखि प्रत्येक दिन आफ्नो घरको गेटमा कालो झन्डासहित धर्नामा बसिरहेका छन् ।

यो धर्ना पार्टीको नभई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम जनसमुदायको लागि भएको समानीले बताए । विरोध धर्ना कार्यक्रममा साथ दिने सम्पूर्ण पार्टीका नेता, नागरिक समाजको अगुवा, आम जनसमुदायलाई समानीले धन्यवाद दिएका छन् ।

साथै, नारायणी अस्पतालमा आम जनताको लागि सम्पूर्ण सेवाहरू संचालन हुदैन जबसम्म सन्चालन हुदैंन तब सम्म घर–घरबाट विरोध गरेर साथ दिन समानीले सबैलाई आग्रह गरे । उनले धर्ना अभियान प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजे सम्म जारी रहने भएकाले अभियानमा अन्तिम समयसम्म साथ दिन सम्पूर्ण आम जनसमुदायसंग समानीले अनुरोध पनि अनुरोध गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय