बीरगंज— पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ निवासी महम्मद मुस्तफा गदी विगत ५ महिना देखि भारत बिहारको पटनामा बस सह चालकको जागिर गर्र्छन् । भारतमा लकडाउन सुरु भएदेखि मुस्तफा भारतको प्रसौनीमा रहेको ससुराली घरमा बस्दै आएका थिए ।
भारतबाट लुकिछिपी उनी सोमबार दिउँसो १ छिपहरमाई गाउँपालिका वडा नं २ सानो टोलस्थित जयमंगलापुरसिथत आफ्नो निवास फर्किए । भारतीय सहरबाट लुकाईछिपाई नेपाल आएको खबर पाउने बित्तिकै मुस्तफालाई स्थानिय भद्रभलादमी तथा जनप्रतिनिधीको पहलमा छिपहरमाई गाउँपालिकाद्धारा व्यवस्थापन गरिएको रहेको श्री मंगल माविस्थित क्वारेन्टाईमा पठाईयो ।
तर, क्वारेन्टाईनमा बसेको एक दिन नबित्दै मुस्तफालाई क्वारेन्टाईन छोडन् दबाब आयो । गएराति करिब १२ बजे प्रहरीले मुस्तफालाई खेतको बाटो हुँदै भारत फर्कन दबाब दिएको क्वारेन्टाईन स्थलमा खटेका सन्नी साहले बताएका छन् । मुलबाटो नभएर खेतबारीको बाटो हुँदै भारत फर्किन प्रहरीले दबाब दिएपनि उनी गएनन् ।
आज बिहान उनले आफुसँग भएका सबै वृत्तान्त स्थानियहरुलाई सुनाए । यस विषयमा मेयर मनोज गुप्ताले आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

