जनकपुर: धनुषामा गएराति एक जना २५ वर्षीय युवकको हत्या भएको छ ।
धनुषाकाे सबैला नगरपालिका वडा नं ७ नवटाेल निवासी २५ वर्षीय युवक अरुण मण्डल घरमै रहेका बेला बाहिर बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी हत्या भएको हो ।
प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताएका अनुसार घटना सबैला नगरपालिका वर्ड न ७ को हो । यो घट्ना ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको देखिन्छ’, उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार गाउँ काे चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए ।
व्यक्तिगत रिसैबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्नेछ ।
प्रहरीका अनुसार २५ वर्षीय युवक मण्डलको कन्चटमा गोली लागेको छ र आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्नेछ ।

