जनकपुरमा सार्वजानिक जमिनहरु दिनदहाडै कब्जा गर्ने प्रयास

spot_img

जनकपुर: जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बेलाकुट्टी नजिकैमा एउटा सार्वजानिक जमिनहरु दिनदहाडै कब्जा गर्ने प्रयास भएको छ ।

साविकको विन्धी गाँउ र अहिलेको उपमहानगरको वडा नं. २३ स्थित सो जमिनमा आज दिउँसो मध्यान्ह साढे १२ बजे तिर मानिशहरु धमाधम साल का खुट्टा बनाई र त्यसलाई गाडदै जमिन कब्जा गर्ने प्रयास गरेका थिए ।

नजिकै रहेको जिरो माइल प्रहरी चौकीको प्रहरी भ्यान सहित त्यहाँ पुगेपनि मानिशहरु डोरी र साल ले बनाएका खुट्टाहरुले जमिन अधिनमा लिदै गरेको तस्वीरमा देखन् सक्नुहुन्छ ।

प्रहरी चौकीका इन्चार्ज देवकुमार झाले आफु खबर पाएपछि त्याहाँ पुगेको र सम्झाई बुझाई गर्दा उनीहरुले सबै साल का खुटीहरु उखेलेको बताए ।

इन्चार्ज देवकुमार झाले ‘मैले पनि त्यसवारे बुझन वडा अध्यक्ष सत्रुधन पाण्डेलाई फोन गरे तर मोबाइल स्वीच अफ थियो, अनि सम्झाई बुझाइ गरेपछि सबैले आफै सालखुट्टाहरु उखेलिसकेका छन् । त्यहाँ का स्थानियवासी को भनाई बिघघौं बिघघा सो जमिनमा चरम राजनिति हुदै आएको बताउछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय