आफ्नो ज्यानमाथि खतरा रहेको भन्ने ‘लुते’ प्रधानमन्त्री चाहिँदैन : गगन थापा

spot_img

जनकपुरधाम,१८ फागुन । नेपाली कांग्रेसका नेता गगन थापाले सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलाई “आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने” बताएका छन् ।

उन्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिदै भने ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ’ , ‘यस्तो लुते प्रधानमन्त्री चाहिएन ।’ बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहने प्रधानमन्त्री यसरी डराउँछन् भने अरुको ज्यान जोगाउन नसक्ने थापाले बताए । ‘वर्तमान प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा छैन’ थापाले भने, ‘केही दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्छ ।’

ओलीले अहिले पनि देशलाई बन्धक बनाउन खोजेका छन्

नेता थापाले प्रधानमन्त्री ओलीले अहिले पनि देशलाई बन्धक बनाउन खोजेको आरोप लगाए । संसद विघटन गर्दा दुर्घटनामा गइसकेको देशलाई सर्वाेच्च अदालतको फैसलाले बचाएको भन्दै उनले तैपनि प्रधानमन्त्रीले देशलाई निकास नदिने सुर कसेको बताए ।

‘देशलाई निकास नदिने सुर कसेर प्रधानमन्त्रीले संसदभित्रबाट बन्धक बनाउन खोज्नुभएको छ’ उनले भने, ‘यो प्रयासमा निर्वाचन आयोगले मद्दत गर्नु भएन ।’

spot_img

ताजा अपडेट

लोकप्रिय