spot_img

भेरी अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाईयो

spot_img
spot_img

बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरुमाथि कुटपिट भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सात जना प्रहरी र २१ जना सुरक्षा गार्ड रहेको भेरीमा तीन गुना सुरक्षाकर्मी थप गरेर सुरक्षा बढाइएको हो ।

अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार व्यवस्था मिलाइएको अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार व्यवस्था मिलाइएको बताए ।

प्रहरी बाहेक निजी सुरक्षाकर्मी पनि यसअघिदेखिनै भेरीमा परिचालित छन् । घटनाको बेला प्रहरी तथा निजी सुरक्षागार्डको प्रभावकारी भूमिका नदेखिएपछि अझै समस्या बढेको थियो । महामारीको अवस्था सामान्य रुपमा नआएसम्म प्रहरी सुरक्षा राखिने उनको भनाई छ ।

भेरीमा उपचारार्थ भर्ना भएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५२ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए ।

भेरी अस्पताल प्रशासनले तीनजना विरुद्ध किटानी जाहेरी दिएको हो । घटना लगत्तै प्रहरीले पक्राउ गरेका मान बहादुर, भरत र लोकराज रावत विरुद्ध किटानी जाहेरी लिएको बाँके प्रहरीले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने जनाएको छ ।

No description available.

spot_img

ताजा अपडेट

लोकप्रिय