काठमाडौं । अविरल वर्षाका कारण मंगलबार रातिदेखि बुधाबारसम्म देशभरका १३ जिल्लामा बाढी र पहिरोबाट ५ जनाको मृत्यु र १९ जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयमा बुधबार साढे ६ बजेसम्म प्राप्त विवरणअनुसार मंगलबार रातिदेखि बुधबार बेलुकीसम्म देशभर
५ जनाको मृत्यु र १९ जना बेपत्ता भएका हुन् ।
मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको छ । बाढी पहिरो जाने जिल्लाहरुमा अर्घाखाँची, दाङ, प्युठान, स्याङजा, पाल्पा, डोटी, बाजुरा, जुम्ला, मनाङ, लमजुङ, गोरखा र सिन्धुपाल्चोक रहेका छन् ।

