मधेश प्रदेशमा ८ हजार ९४४ वटा सवारी दुर्घटना हुँदा ६३ जनाले आफ्नो ज्यान गुमाए

spot_img

जनकपुरधाम, असोज १२ गते । मधेश प्रदेशमा ८ हजार ९४४ वटा सवारी दुर्घटना हुँदा ६३ जनाले आफ्नो ज्यान गुमाएका छन् । प्रदेशको विभिन्न जिल्लामा चालु आर्थिक वर्षको दुई महिनामा ११ महिला र ४७ पुरुष तथा ५ जना बालबालिकागरी ६३ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

यस्तै, सो दुर्घटनाहरुमा परेर १ हजार ४९९ जना घाइते भएका हुन् । घाइते हुनेमा १ हजार २ जना पुरुष रहेका छन् भने २७४ महिला र २२३ जना बालबालिका रहेका छन् ।

प्रहरीले यस अवधिमा ४७ हजार ९६ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ३५ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय