डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

spot_img

काठमाडौं, असोज १२ गते । डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यस वर्ष असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा नौ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार ४९८ र भक्तपुरमा एक हजार ७६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १७ हजार ७० पुगेको छ ।उपत्यकाबाहिर मकवानपुरमा दुई हजार ६९१ जनामा संक्रमण देखिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय