इजाजत प्राप्त हातहतियार बुझाउन धनुषा प्रशासनको अनुरोध

spot_img

जनकपुरधाम, असोज १५ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।

गत शुक्रवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा लगत राख्ने गरी हातहतियार बुझाउन अनुरोध गरेको हो ।

चुनावलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।निर्धारित समयभित्र हातहतियार नबुझाए कानून बमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय