जनकपुरधाममा विधिपुर्वक फुलपाती सम्पन्न ४ वर्ष अगाडि 0 242 रजत जनकपुरधाम, असोज १६ । विजयादशमीको सातौं दिन जनकपुरधाम सहित यस क्षेत्रका शक्तिपिठ र पण्डालहरुमा फुलपाती भित्रयाइएको छ । फुलपातीको विधिलाई यहाँ बेलतोरी विधी समेत भनिन्छ । तराई–मधेसका शक्तिपीठ र दुर्गा मन्दिरहरुबाट बाजागाजाका सहित धार्मिक झाँकीका साथ निक्लेको साधुसन्त र भक्तजनहरुको समुह षष्ठीका दिन आमन्त्रण गरिएको बेल (फल)लाई विधि पुर्वक टिपेर आज मन्दिरमा प्रतिस्थापन गरि फुलपाती मनाईएको छ । जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरबाट महन्थको नेतृत्व र आयोजक महाविर युवा कमिटिको अगुवाईमा आज पनि बाजागाजा सहित निक्लेको टोली हिजो आमन्त्रण गरिएको बेलको विधिपुर्वक पुजापाठ गरि मन्दिरमा भित्राइएको छ । बेलको रुखमा एउटै हाँगामा फलेको एक जोडा बेललाई कपडाले बाधेर निमन्त्रणा दिइएको हुन्छ ।विधिपूर्वक तोडेर डोलामा सजाएर बेललाई भगवतीको रुपमा ल्याएर देवीको प्रतिमामा विराजमान गराईएपछि फुलपाती सम्पन्न हुन्छ । सोहि विधी पछि पण्डालहरुमा बनार्ईएको माँ दुर्गा भावनी सहितको देवीदेवताको मुर्ती दर्शनका लागि आजैबाट खुल्ला गरिन्छ । प्रत्येक वर्ष जस्तै फुलपातीको अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बाजाजागा सहित सहभागि भएका छन् । सो अवसरमा सशस्त्र प्रहरी र नेपाली सेनाले दुई/दुई तोपको सलामी समेत अर्पण गरेका छन् । टोलीमा स्थानिय सरकारका प्रमुख, उपप्रमुख, प्रशासनिक निकायका प्रमुखहरु, प्रदेश र संघिय सांसदहरु सहित विशिष्ठ व्यक्तिहरुको सहभागिता हुने गर्दछ । दशैंमा ९ दिन सम्म शक्तिपीठ तथा घरमा पूजा अर्चना सहित दुर्गा भगवतीके स्तोत्र पाठ गरिन्छ । नवरात्रीको सातौ दिन माँ कालरात्रीको पुजापाठ भइरहेको छ । प्रत्येक दिन नवदुर्गाको एक–एक स्वरूपको आराधना गरिने परम्परा अनुरूप आश्विन शुक्ल सप्तमी तिथिमा देवी कालरात्रीको पूजा–आराधना गरिन्छ । नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, र्छठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरि दशैंमा शक्ति पूजा गर्ने परम्परा छ । ताजा अपडेट महावीर पुनको सम्पत्ति विवरण सार्वजनिक: २८ रोपनी जग्गादेखि चन्दा बचतसम्म पारदर्शिता सुनचाँदीको मूल्य घट्यो लिग–२ मा आज नेपाल–ओमान भिडन्त वीपी राजमार्ग दुई ठाउँमा अवरुद्ध सरुवा आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह उच्च क्षमताका प्रसारण लाइनमा सरकारको जोड लोकप्रिय जगरनाथपुरको मसियानीमा नेपाली कांग्रेस क्षेत्र नं. ४ को क्षेत्रीय भेला आयोजना हुँदै डोजर चल्यो, योजना छैनः बजेट अभावमा वीरगंज सडक विस्तार अन्योलमा चिया बजारको पहिचान र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइनेछ : मन्त्री चौधरी निजी सञ्चारमाध्यममाथि विज्ञापन प्रतिबन्धको विरोधमा पत्रकार सुमनको प्रधानमन्त्री शाहलाई खुला पत्र स्टोर किपरको भरमा नेपाल रेल्वे, व्यवस्थापन संकट र घाटा बढ्दो जालिम जिताउँन बाह्य प्रभावको आशंका, सुरक्षा सतर्कता बढाउन माग अमेरिका–इरान तनाव सम्झौता बिना पछि नहटने ट्रम्पको भनाई १०० रुपैयाँभन्दा बढी सामानमा कर निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश