9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
18.6 C
Birgunj

जनकपुरको विभिन्न शक्ति पीठहरूमा प्रसाद चढाउने र ‘खोँइछ’ भर्ने,कोे भिड

सिफारिस

जनकपुरधाम असाेज १७ । जनकपुरधामको शक्ति पीठहरूमा प्रसाद चढाउने र ‘खोँइछ’ भर्ने, भक्तजनहरुको भिड लागेको छ ।

- Advertisement -

नवरात्रीको आठौं दिन महाअष्ठमीका अवसरमा जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष करिव ३० हजार श्रद्धालुभक्तजनले प्रसाद (लड्डु) चढाएका छन् ।प्रसाद चढाउन आइतबार राति १० बजेदेखि नै हजारौँ श्रद्धालु लाममा थिए । राजदेवी मन्दिरमा राति करिव १२ बजेदेखि प्रसाद चढाउने क्रम शुरू भएको थियो ।पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका कोषाध्यक्ष विकास रायका अनुसार दिउँसो २ बजेसम्म प्रसाद चढाइने भएको छ । महिलाहरु पनि अहिलेसम्म खोंइछ भरिरहेकी छन् ।प्रसाद र खोंइछ भर्ने क्रम सम्पन्न भएपछि मन्दिरको सरसफाइ गरी साँझ हुने बोकाबलिको तयारी गरिने कोषाध्यक्ष रायले बताए ।

बली प्रदान कार्यक्रमको तयारीका लागि २ बजेसम्म मात्र मन्दिरमा प्रसाद चढाउने कार्यक्रम राखिएको छ । उनले साँझ करिव ७ः३० बजेदेखि निशापूजा पश्चात बोकाबलि हुने जानकारी दिए ।गुठी संस्थान जनकपुरले प्रत्येक बोकाको टाउको वापत लिँदै आएको रकम यसपाली प्रति टाउको २०० रुपैयाँ तोकेको छ । संस्थानले खसी बोकाको रसिद काटने कार्य जारी राखेको छ भने रसिद नभएकाहरुले लाईनमै रसिद कटाएर बोकाबली गराउन सक्ने सुविधा मिलाइएको छ ।राजदेवीमा बुधबार विजयादशमीका दिन महाप्रसाद कार्यक्रम यसवर्ष पनि भव्यताका साथ हुने भएको छ । विजयादशमीकै दिन रावण वध कार्यक्रमको पनि आयोजना हुने बताइएको छ ।यसपाली पनि गंगासागर र धनुषसागर पोखरीको डिलमा भव्य तवरले रावण बध कार्यक्रम आयोजना हुने महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए ।

 

यहीं सँगै धनुषाको  रमदैयामा रहेको राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरूमा आज सोमवार बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भिड लागेको हो ।


सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानीहरू खोँइछ भर्ने गर्दछन् ।

मिथिलामा माता दुर्गाको ‘खोँइछ’ भर्ने विधि निकै पौराणिक हो । सप्तमीको बेलुकीदेखि नै मिथिलानीहरूले ‘खोँइछ’ भर्ने गर्दछन् । यस वर्ष तिथिको हेरफेरले गर्दा सप्तमी, अष्टमी र कतिपयले अष्टमीको राति १२ बजेपछि ‘खोँइछ’ भर्ने वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलले बताउँछन् ।


मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोँइछ’ दिने गरिन्छ । ‘खोँइछ’ मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दुर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ । ‘खोँइछ’ भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुख,शान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानीहरू दुर्गामाताको खोँइछ भर्ने गर्दछन् ।

त्यस्तै प्रसाद चढाउनका लागि हिजो आईतवार राति १२ बजेदेखि नै ठूलो लाइन लागेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -