शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
18.1 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बिहीवार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

- Advertisement -

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बैठक बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार जसपाले बिहीवार बिहान आफ्ना सांसदहरूलाई पनि बालकुमारीमा उपस्थित हुन भनेको छ ।

- Advertisement -

पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको बताइएको छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ । जसपाका संघीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता रहेका छन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फको १ स्थान भने रिक्त रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -