बीरगन्जको भुटनदेवी मन्दिर नजिकैको सार्वजनिक सम्पती कब्जा गरेको भन्दै महानगरलाई ज्ञापन पत्र

spot_img

बीरगन्ज, २६ फागुन । बीरगन्जको भुटनदेवी मन्दिर नजिकैको सार्वजनिक सम्पती कब्जा गरेको भन्दै स्थानीयले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

बीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित भुटनदेवी मन्दिर नजिकैको सार्वजनिक सम्पती कब्जा गरेको भन्दै त्याहाँका स्थानीयले कारबाही गर्न महानगर प्रमुख सिंहको ध्यानाकर्षण गराएका हुन् ।

भुटनदेवी मन्दिर नजिकैको एक सार्वजनिक जग्गालाई कब्रिस्थान बनाउने नाममा कब्जा गर्न खोजेको भन्दै स्थानीय अमन कलवारले आपत्ती जनाएका छन् । सोही जग्गामा राष्ट्रिय कृषि बजार बनाउने योजना रहेको हुँदा कानुनको उल्लङ्घन हुने गरी जग्गा कब्जा गर्नेलाई कारवाही गर्नुपर्ने स्थानीय राजन साहको भनाई छ ।

महानगरका प्रमुख सिंहले पनि सार्वजनिक जग्गाको अतिक्रमण हटाउने महानगरले अभियान थालेको र कसैले पनि सार्वजनिक सम्पती हड्प्न खोजे कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएका छन् ।

ज्ञापन पत्र बुझाउँन अमन कलवार, संदिप सिंह, राजन साह, आकाश पटेल, छोटु रौनियार, राहुल ठाकुर, सनि मुखीया, प्रितम कलवार, आकाश पटेल लगायत उपस्थित थिए ।

ज्ञापन पत्र :

spot_img

ताजा अपडेट

लोकप्रिय