मधेस जनविद्रोहका महानायक यादव सम्मानित 

spot_img

 

जनकपुरधाम,जेठ ७ गते ।

मधेस जनविद्रोह का महानायक जसपा नेपाल का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले देशको चौथो स्तम्भ पत्रकारिता ले व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका सहित तिनटै अंगको स्वतन्त्र रुपले निगरानी गर्नुपर्ने कुरा बताउंनु भयो ।

प्रेस मंच नेपालद्वारा राजधानी जनकपुरधाममा अायोजित नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय उपेन्द्र यादवको सम्मान तथा अभिनन्दन कार्यक्रममा राष्ट्रिय अध्यक्ष यादवले सो कुरा बताउंनु भयो ।

उहाँले अाफ्नै देशका नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्य गरेको कथित राष्ट्रवादीहरुको कारण नेपाल देश विश्व जगतमा विश्वसनीयता गुमेको कुरा बताउंनु भयो ।

प्रेस मंच नेपाल मधेस प्रदेश का अध्यक्ष अभरेन्न्द्र यादवको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश का अर्थ मंत्री संजय यादव,प्रदेश अध्यक्ष रामबाबु कुमार ,प्रदेश सांसद रामअशिष यादव,अामसंचार प्राधिकरण का अध्यक्ष श्यामसुन्दर यादव ,प्रेस मंच का उपाध्यक्ष मनोज यादव ,स्मृति मिश्रा सहितका वक्ताहरूले देशको चौथो अंग पत्रकारिता को महत्त्व विषयमा विचार व्यक्त गरेका छन।

spot_img

ताजा अपडेट

लोकप्रिय