जनकपुरधाम,जेठ ७ गते ।
मधेस प्रदेश का प्रदेश सांसद रामअशिष यादवले स्वस्थ समाजका लागि खेलकुद को विकास हुनु अावश्यक रहेको कुरा बताउंनु भयो ।
धनुषा ,हंसपुर नगरपालिकाको सुगामधुकरही गाउँमा अायोजित खुला क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा विजेता र उपविजेता टिमलाई शिल्ड कप प्रदान गर्ने क्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले मधेस सरकारले खेल र खेलाडी को विकास का लागि प्रदेश सभामा खेलकुद विधेयक पारित गर्न लागेको कुरा जानकारी दिनुभयो ।
प्रतियोगिताको फाईन्ल मैचमा कपिलेश्वर युवा कल्व ले अायोजक मधुकरही युवा कल्वलाई ६१ रनको अन्तरले पराजित गरि फाईन्ल मैच जित्न सफल भएका छन।
नव वर्ष २०८० को अवसरमा शुभारम्भ को खुला क्रिकेट प्रतियोगितामा धनुषा जिल्लाका ३२ वटा क्रिकेट टिमले भाग लिएको कुरा मधुकरही युवा कल्वका अध्यक्ष धुब्र नारायण यादवले जानकारी दिएका छन।
सो प्रतियोगिताको समापन समारोहमा वार्ड अध्यक्ष लालबाबु यादव ,जसपा नेता देवकृष्ण मंडल,नेपाल विधुत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जगदीश साह सहितले खेलाडीलाई शुभकामना व्यक्त गरेका छन।
सहभागी खेलाडीहरुलाई पर्यावरण संरक्षण को सन्देश दिदै तेजपताको विरुवा उपहार प्रदान गरिएको छ।
थप समाचार
- Advertisement -