सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

विश्व जैविक विविधता दिवसको अवसरमा दुधमती नदीमा वृक्षारोपण

सिफारिस

जनकपुरधाम, जेठ ८ । जैविक विविधता दिवसको पृष्ठभूमि जैविक विविधताको महत्त्वलाई दर्साउन यो दिवस विश्वभर मे २२ तारिखमा मनाइन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने गर्यो त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो जेनेरियो सम्मेलनको निर्णयलाई सन् २०००डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र सङ्घको महासभा बैठकको निर्णय नम्बर ५५२२०१ ले थप अङ्गीकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भयो ।त्यसयता हरेक वर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइँदै आएको हो ।

- Advertisement -

 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा विश्व जैविक विविधता दिवसको अवसरमा लुम्बिनी विश्व शान्ति मञ्च, धुमबराही काठमाडौं द्वारा मुक्तिनाथ बैंक र नविल बैंकको सहयोगमा ऐतिहासिक दुधमती नदी किनारमा गरिएको घेरा सहितको वृक्षारोपण कार्य गरिएको छ ।

- Advertisement -

स्थानीय साझेदार संस्थाको रहेको दुधमती नदी सरोकार समाज र एवं ऐतिहासिक दुधमती नदी संरक्षणको साप्ताहिक सरसफाइ अभियानको संयोजक सुदिप मण्डलको अध्यक्षतामा  कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा लुम्बिनी विश्व शान्ति मञ्च द्वारा ऐतिहासिक दुधमती संरक्षण अभियन्ताहरुलाई कदर-पत्र बाट सम्मानि गरिएको छ ।

अभियन्ताहरु बाट आगामी दिनहरूमा पनि यस्तै सक्रिय सहभागीताको अपेक्षा रहोस लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतमले बताए ।

कार्यक्रममा प्रमुख आतिथ्यतामा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव जगन्नाथ जयसवाल, लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतम, सचीव धिरेन्द्र पन्त, पर्यावरण अभियन्ता सुरेश शर्मा, जनकपुरधाम उमनपा २२ का वडा अध्यक्ष बिमलेश मिश्र, वडा सचीव जैसिलाल मण्डल, स्थानीय समाजसेवी बिलट मण्डल, मुक्तिनाथ बैंक तथा नविल बैंकका प्रवन्धक तथा कर्मचारीहरु,पर्यावरण अभियन्ता आदित्य सहनी,दुधमती संरक्षण युवा अभियन्ताहरु, मावी बसविट्टीका शिक्षक एवं विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम मार्फत दुधमती नदी किनारमा विभिन्न प्रजातिका १५ थान विरुवा लगाइएको छ भने मावि बसविट्टीमा घेराको व्यवस्था पश्चात् लगाउने गरि ३५ थान विरुवा हस्तान्तरण गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -