सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

जनकपुरमा विश्वव्यापी आवधिक समीक्षा परामर्श गोष्ठी सम्पन्न

सिफारिस

जनकपुरधाम,जेठ १३ । मधेस प्रदेशमा जनकपुरधाममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको मुद्दालाई मध्यनजर गर्दै विश्वव्यापी आवधिक समीक्षा परामर्श गोष्ठी सम्पन्न भएको छ।

- Advertisement -

जनकपुरधाममा सुनौलो बिहानी समाज धनुषाले र हिरा समाजको अध्चयतमा र राईट हेरे राईट नऊको समन्वयमा विश्वव्यापी आवधिक समीक्षा परामर्श गोष्ठी सम्पन्न गरिएको छ ।

कार्यक्रममा सहभागीहरूले स्थानीय तथा प्रदेश सरकारले नीति निर्माण तथा बजेट तर्जुमा गरि यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका मुद्दालाई सम्बोधन गर्नुका साथै संविधानमा उल्लेखित कानून कार्यन्वयन गर्नुपर्ने माग गरे ।

- Advertisement -

 

कार्यक्रममा बोल्दै निल हिरा समाजका कार्यक्रम संयोजक रूविना तामाङ्ले संविधानमा उल्लेखित हक अधिकारी व्यवहारमा भने लागू हुन नसकेप्रति दु:ख व्यक्त गरिन । उनले यसलाई तिनै तहका सरकारले कार्यान्वयन गर्न आवश्यक रहेको र सेम सेक्स म्यारिज, नागरिकता लगायत सरकारले नीति तथा कार्यक्रममा समेत आफूहरूलाई सम्बोधन हुने गरि योजना बनाउन मागसमेत बताइन्।

कार्यक्रममा निल हिरा समाजका वकालत अधिकृत (एडभोकेसी अफिसर) एन्जल लामाले कानुनीरूपमा प्राप्त अधिकारको पनि कार्यान्वयन हुन नसकेको बताइन् ।

 

उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ धनुषाका परियोजना अधिकारी मधु गुप्ता, फोकल व्यक्ति संजय पासवान, सुनौलो बिहानी समाज धनुषाका प्रोग्राम कोर्डिनेटर सत्यनारायण साह, सुनौलो बिहानी समाजका संस्थापक प्रदीप यादवलगायतकाहरूको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -