काठमाडौं,२० मंसिर । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।
बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री, ली छ्याङ, चिनियाँ राष्ट्रिय जनकांग्रेस (संसद्का) अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तेस्रो दिन दुई देशबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

