विदेशिएका दक्ष जनशक्ति फिर्ता गर्नु चुनौतीपूर्ण, समाधानका प्रयास गरिँदै: मन्त्री पौडेल

spot_img

काठमाडौं, ११ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विदेशिएका स्वास्थ्यकर्मीलाई स्वदेश फर्काउने कार्य चुनौतीपूर्ण भए पनि सरकारले यसतर्फ गम्भीर पहल गर्ने बताएका छन्।

काठमाडौंमा सुरु भएको “नेपाल स्वास्थ्य सम्मेलन २०२४” मा बोल्दै मन्त्री पौडेलले विदेशिएका जनशक्तिको अनुभव र दक्षतालाई स्वदेशमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा ठोस योजना तयार पार्न सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे।

“दक्ष जनशक्तिलाई देशमै टिकाउन र विदेशिएका जनशक्तिको ज्ञान र अनुभवलाई कसरी समेट्ने भन्ने चुनौती हाम्रो सामु छ,” मन्त्री पौडेलले भने, “यस सम्मेलनले यसको समाधानका लागि उपयुक्त विकल्प दिन सक्नेछ।”

उनले मुलुकभित्र र बाहिर रहेका नेपालीहरूको साझा उद्देश्य देश निर्माण रहेको भन्दै सबैको सहकार्य अपरिहार्य रहेको बताए। मन्त्रीले विदेशमा बसेर स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका व्यक्तिहरूसँग समन्वय गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय