spot_img

लेनदेन विवादले हिंसा निम्त्यायो: कुटपिटपछि एकजनाको मृत्यु

spot_img
spot_img

काठमाडौं,२० माघ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रसुवाको उत्तरगया गाउँपालिका– १ घर भई सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित बोगटिटार बस्ने ६० वर्षीय प्लेत्ता तामाङको हत्या अभियोगमा शनिबार साँझ प्रहरीले एक जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उत्तरगया गाउँपालिकाकै ५ नम्बर वडा बोगटिटार बस्ने ४३ वर्षी बिचारी तामाङ रहेका छन् । आर्थिक लेनदेनको विषयलाई लिएर कुटपिट हुँदा प्लेता घाइते भएका थिए । उनलाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

सो क्रममा शनिबार साँझ प्लेताको निधन भएको थियो । निधन भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीको टोलीलाई बिचारीलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय