काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभा बैठकमा मंगलबार कुर्सी भाचिँदा सांसद घाइते भएका छन् ।

प्रतिनिधिसभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी मंगलबार भाँचिएको हो । बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला उर्मिला थेवेको कुर्सी भाँचिएको थियो ।
सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । सांसद् उर्मिलालाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य रहेको बताईएको छ ।