spot_img

१६ वर्षपछि ठाकुरराम क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा बागी उम्मेदवारको विजयी

spot_img
spot_img

वीरगन्ज,१४ चैत । वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्। मतगणनाको अन्तिम नतिजाअनुसार, यादव १,११५ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेविसंघकै आधिकारिक उम्मेदवार विकास मण्डल धानुकले ६५३ मत प्राप्त गरे। समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरि किशोर यादवले ५६२ मत, सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४५० मत, र अनेरास्ववियुका पवन यादवले ३८६ मत पाए।

सभापति पदमा १४ जना प्रतिस्पर्धी रहेकामा कांग्रेसले नेविसंघको आधिकारिक उम्मेदवार नबनाएपछि यादवले नेपाल विद्यार्थी समूहबाट प्यानल बनाएर उम्मेदवारी दिएका थिए।

स्ववियु सचिव पदमा यादव प्यानलकै मन्दिरा चौधरी ६७२ मतका साथ विजयी भइन्। उनको निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका दीपक पटेलले ५९९ मत र नेविसंघका रोहित सिंहले ५४३ मत पाए।

कोषाध्यक्षमा पनि यादव प्यानलकै अंकित पटेल ८२२ मतका साथ विजयी भए। नेविसंघका दीपक पटेलले ६९० मत ल्याए। १६ वर्षपछि भएको ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचनमा चैत ५ गते कुल १०,७२९ मतदाता रहेकोमा ४,२९९ मत खसेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय