वीरगन्ज,१७ चैत । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघको इकाइ समितिको अध्यक्षमा करण पाण्डे मनोनित भएका छन् । नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघको इकाइ समितिको अध्यक्षमा पाण्डेलाई मनोनित गरेका हुन् ।
चैत ८ गतेको पत्रमा नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघको इकाइ समितिको अध्यक्ष पदको जिम्मेवारी पाण्डेलाई दिइएको उल्लेख छ । पाण्डेलाई अबको ३ महिना भित्र ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघको इकाइ समितिको अधिवेशन सम्पन्न गर्नुपनि केन्द्रिय अध्यक्ष शेर्पाले पाण्डेलाई निर्देशन दिएका छन् ।

