spot_img

अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु

spot_img
spot_img

धनगढी,२३ चैत । अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ।

साँफेबगर नगरपालिका–५ का ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो।

चैते दशैंको अवसरमा घरमा काटेको खसीको मासु खाएका कुँवरको घाँटीमा मासु अड्किएको थियो। गाउँ घरमा काटेको खसीको मासु घर लगेर पकाएर खाने समयमा उनको घाँटीमा अड्किएपछि बेहोस भएका थिए।

उनलाई शनिबार बिहान बयलपाटा अस्पताल उपचारका लागि लगिएको थियो। अस्पतालका चिकित्सकहरूले शनिबार दिउँसो मृत घोषणा गरेका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय