काठमाण्डौ,२९ चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स आमनेसामने हुँदैछन्। खेल चेन्नईको घरेलु मैदानमा नेपाली समयअनुसार बेलुका ७:४५ बजेबाट सुरु हुनेछ।
दुवै टोली सिजनको खराब सुरुआतबाट गुज्रिरहेका छन्। कोलकाताले हालसम्म पाँच खेल खेल्दै २ जित र ३ हारसहित ४ अङ्क जोडेको छ र लिग तालिकाको छैटौं स्थानमा छ।
उता चेन्नईले समान पाँच खेलमा १ मात्र जित निकाल्दै ४ हार बेहोरेको छ। २ अङ्कसहित चेन्नई नवौं स्थानमा रहेको छ।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण छ, जसमा जित हात पार्दै लिग तालिकामा उक्लन चाहन्छन्।

