वीरगन्ज,३० चैत । हनुमान जयन्तीको अवसरमा आज बिहान वीरगन्जकाे बजार छप्कैयास्थित लक्ष्मी नारायण मन्दिरमा हनुमान चालीसा पाठ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सयौं भक्तजनहरूको सहभागिता रहेको थियो। भक्तिभावपूर्वक आयोजित सो कार्यक्रममा हनुमान चालीसा पाठपछि प्रसाद वितरण समेत गरिएको थियो।
मन्दिर परिसर भक्तजनहरूको भीडले भरिएको थियो भने वातावरण भक्तिमय बनेको थियो। आयोजकका अनुसार यो कार्यक्रमले धार्मिक आस्था, एकता र सद्भावलाई थप मजबुत बनाउने उद्देश्य राखिएको हो।
हनुमान जयन्तीको अवसरमा वीरगन्जका विभिन्न मन्दिरहरूमा विशेष पूजा–आराधना, भजन–कीर्तन लगायतका कार्यक्रमहरू आयोजना भइरहेका छन्।

