Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

आज न्यायपरिषद्को बैठक बस्दै

spot_img

काठमाडौं, ५ वैशाख । लामो समयपछि न्यायपरिषद्को बैठक बिहीबार साँझ बस्न लागेको छ। प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनेपछि उनको नेतृत्वमा यो पहिलोपटक परिषद् बैठक हुन लागेको हो।

सर्वोच्च अदालतमा चार र उच्च अदालतमा १८ भन्दा बढी न्यायाधीशका पद रिक्त छन्। न्यायाधीश नियुक्तिका लागि दबाब बढ्दै जाँदा पनि नेपाल बार एसोसिएसनको निर्वाचनका कारण परिषद्को बैठक पटक–पटक स्थगित हुँदै आएको थियो।

बार एसोसिएसनको निर्वाचन चैत २३ गते सम्पन्न भएपछि प्रधानन्यायाधीश राउतले बैठक आह्वान गरेका हुन्। आजको बैठकमा बारका तर्फबाट परिषद् सदस्य दामोदर खड्का पहिलोपटक सहभागी हुनेछन्।

परिषद् स्रोतका अनुसार बिहीबारको बैठक परिचयात्मक र भेटघाटमै सीमित रहने सम्भावना छ। यद्यपि, रिक्त पदहरूमा न्यायाधीश नियुक्तिका लागि आवश्यक तयारी सुरु गर्ने प्रक्रियामा प्रवेश हुने बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय