Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

गिरिजा र ज्ञानेन्द्र एउटै हुन्’ भनेको थिएँ : देउवा

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२१ असार । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. नेता गिरिजाबाबु कोइरालासँगको सम्बन्ध स्मरण गरेका छन् । शनिबार जय नेपाल फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कोइरालाको स्मरण गरे । गिरिजाबाबु र आफूबीच विभिन्न कालखण्डमा झगडा परेको पनि उनले सम्बोधनको क्रममा बताए ।

- Advertisement -

‘स्वर्गिय गिरिजाबाबु र मेरो बीचमा हाम्रो झगडा पनि भएको सबैलाई थाहा छ । उहाँले मलाई पार्टीबाट निकालिदिनुभयो । मैले आफ्नो पार्टी खोलेँ पनि,’ देउवाले भने । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पद र गिरिजाबाबुले पार्टीबाटै निष्काशन गरेपछि आफूले उनीहरूमाथि गरेको टिप्पणी पनि देउवाले खुलाए ।

देउवाका अनुसार, उक्त घटनापछि उनले गिरिजाबाबु र ज्ञानेन्द्र एउटै हुन् भनेर भनेका थिए । ‘अनि मैले के भनेको थिएँ भने, राजाले मलाई खोस्यो । त्यतिबेला मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर क्या,’ देउवाले भने, ‘ त्यस्तो हाम्रो सम्बन्ध हो । तर, पछि राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । मैले मान्दै मान्दिनँ भनेँ ।’

- Advertisement -

आफू जेलबाट छुटेपछि गिरिजाबाबुसँग मिल्नुपर्छ भनेर मिलेको उनले सुनाए । ‘पछि म छुटिहालेँ । गिरिजाबाबुले मिल्नुपर्छ भन्नुभयो । अनि गिरिजाबाबुसँग मेरो सम्बन्ध भयो,’ देउवाले भने, ‘उहाँ (गिरिजाबाबु) धेरै हिम्मत भएको व्यक्ति हो । गणतन्त्र ल्याउने सच्चा रुपमा भन्ने हो भने गिरिजाबाबु नै हो ।’

ताजा समाचार

spot_img

थप समाचार