मेयर पदबाट राजीनामा दिँदै बालेन शाह, पार्टी बैठकमा सहभागी हुने

spot_img

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन शाह)ले आइतबार मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन उनले मेयर पदबाट राजीनामा दिने भएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति यही माघ ६ गतेका लागि तोकिएकाले उनले आइतबार (माघ ४) पदबाट राजीनामा दिन लागेका हुन् ।

उनले उपमेयर सुनीता डंगोलसमक्ष राजीनामा पत्र बुझाउने छन् ।

मेयर पदबाट राजीनामा दिएपछि उनी रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने बताइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय