संघीयताविरोधी शक्तिलाई मधेशबाट पराजित गर्नुपर्छ : सीके राउत

spot_img

काठमाडौं,१७ माघ । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संघीयताविरोधी दलको रूपमा चित्रण गर्दै मधेशमा त्यस्ता शक्तिलाई पराजित गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीति नै पार्टीको आधिकारिक धारणा हुने स्पष्ट पारेका छन्।

राउतले निर्वाचनको मुखमा मधेशको मत आकर्षित गर्न केही नेताले दिएका अभिव्यक्तिले पार्टीको मूल नीतिलाई परिवर्तन गर्न नसक्ने जिकिर गरे। उनले लेखेका छन्, “पार्टीका कुनै एक व्यक्तिले दिएको अभिव्यक्तिले होइन, केन्द्रीय समिति र संसदीय दलले पारित गरेको नीतिले पार्टी चल्छ।”

उनको प्रतिक्रिया रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले जनकपुरधाममा आयोजित एक कार्यक्रममा संघीयतालाई सुदृढ बनाउँदै अघि बढ्ने अभिव्यक्ति दिएपछि आएको हो।

सीके राउतले रास्वपाले संघीयता खारेज गर्ने एजेन्डा निरन्तर अघि बढाउँदै आएको दाबी गर्दै मधेशले संघीयताविरोधी शक्तिलाई पराजित गर्नु नै मधेशी शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताए। उनका अनुसार संघीयता मधेशको पहिचान र अधिकारसँग जोडिएको विषय भएकाले यसविरुद्ध उभिने शक्तिलाई अस्वीकार गर्नु आवश्यक छ।

spot_img

ताजा अपडेट

लोकप्रिय