बीरगन्ज,२२ फागुन । पर्सा जिल्ला क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। मतगणना वीरगञ्ज महानगरपालिका स्थित गणना केन्द्रमा जारी रहेको छ।
निर्वाचन स्रोतका अनुसार प्रारम्भिक चरणमा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट आएका मतपत्र गणना भइरहेको छ।
हालसम्मको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिह्न) ले ७९३ मत प्राप्त गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) (सूर्य चिह्न) ले ४०५ मत पाएको छ भने नेपाली कांग्रेस (रुख चिह्न) ले ४८० मत प्राप्त गरेको छ।
यस आधारमा रास्वपाका उम्मेदवार हरी पन्त ३१३ मतको अन्तरले अग्रस्थानमा रहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना प्रक्रिया जारी रहेकाले आगामी चरणमा परिणाममा परिवर्तन हुन सक्ने सम्भावना रहेको छ। अन्य वडाबाट आएका मतपत्र पनि क्रमशः गणना गरिने जनाइएको छ।

