पर्सा–४ मा मतगणना सुरु, रास्वपाका टेकबहादुर शाक्य ३३३ मतले अगाडि

spot_img

बीरगन्ज,२२ फागुन  । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा जिल्ला क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ। मतगणना पोखरिया नगरपालिका स्थित गणना केन्द्रमा जारी रहेको निर्वाचन स्रोतले जनाएको छ।

प्रारम्भिक चरणमा विभिन्न वडाबाट आएका मतपत्रहरू गणना भइरहेको छ। हालसम्म प्राप्त मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिह्न) ले ५६६ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) (सूर्य चिह्न) ले २३३ मत पाएको छ भने नेपाली कांग्रेस (रुख चुनाव चिह्न) ले १६९ मत प्राप्त गरेको छ।

यस आधारमा रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य ३३३ मतको अन्तरले अग्रस्थानमा रहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना प्रक्रिया जारी रहेकाले आगामी चरणमा मतपरिणाममा परिवर्तन हुन सक्ने सम्भावना रहेको छ। अन्य वडाबाट आएका मतपत्र पनि क्रमशः गणना गरिने जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय