गुण्डागर्दीविरुद्ध प्रहरीको अपरेसन, ‘सानुभाइ’सहित १८ जना पक्राउ

spot_img

काठमाडौं,२२ चैत  । राजधानीमा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको अपरेसनका क्रममा ‘सानुभाइ’ भनिने युवराज गुरुङ सहित १८ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार गुरुङलाई गएराति सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरीको विशेष अपरेसनअन्तर्गत शुक्रबार रातिदेखि विभिन्न स्थानबाट अन्य १७ जनालाई पनि पक्राउ गरिएको छ।

नुवाकोटको ककनी गाउँपालिका–५ स्थायी घर भएका ३३ वर्षीय गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन्। उनी कुख्यात गुण्डा कुमार श्रेष्ठ ‘घैँटे’ का निकट सहयोगी मानिन्छन्।

प्रहरी इन्काउन्टरमा ‘घैँटे’ मारिएपछि गुरुङको गतिविधि थप चर्चामा आएको थियो। उनी पछिल्लो समय जेलमा रहेका समिरमान सिंह बस्नेत निकट रहेको बताइन्छ।

यसअघि २०७२ सालमा हतियारसहित पक्राउ पर्दा गुरुङ बुलेटप्रुफ ज्याकेटसहित भेटिएका थिए। उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा समेत अनुसन्धान भएको थियो।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय