कम्बोडियाबाट ७ नेपालीको उद्धार

spot_img

काठमाडौं,२३ चैत । नेपाल सरकार को पहलमा कम्बोडियामा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको छ।

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावास बैंकक ले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघ सँगको सहकार्यमा उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काएको हो।

दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरूलाई अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य ठगीजन्य गतिविधिमा जबरजस्ती संलग्न गराइएको थियो। कतिपयको राहदानी कम्पनीले जफत गरेको वा हराएको भन्दै समस्या भोग्नुपरेको गुनासो पनि आएको छ।

दूतावासले अझै केही नेपाली त्यहाँ अलपत्र अवस्थामा रहेको सूचना प्राप्त भएको उल्लेख गर्दै उनीहरूको खोजी तथा उद्धार प्रक्रिया जारी रहेको जनाएको छ।

नेपाल फर्किन चाहनेका लागि दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ। साथै, वैदेशिक रोजगारीमा जानुअघि सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिन सबैलाई आग्रह गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय