वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

spot_img

काठमाडौं,२५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित वीर अस्पताल मा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार उनलाई ९३ हजार ८५० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौं मा मुद्दा दायर गरेको जनाएको छ।

प्रहरी तथा अख्तियारको टोलीले दाहाललाई यसअघि कार्यकक्षमै घुस रकमसहित नियन्त्रणमा लिएको थियो। उनीसँग १ लाख २० हजार ८५० रुपैयाँ फेला परेको थियो।

अनुसन्धानअनुसार अस्पतालमा सप्लायर्स तथा ठेकेदारको भुक्तानी प्रक्रियामा गैरकानुनी लाभ लिने उद्देश्यले दाहालले घुस लिने–दिने सर्तमा भुक्तानी प्रक्रिया सहज बनाएको खुलेको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार उनीमाथि विभिन्न कम्पनीसँग मिलेमतो गरी सेवाग्राहीबाट रकम लिएको पुष्टि भएपछि मुद्दा अघि बढाइएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय