पश्चिम नेपालबाट वर्षा सुरु

spot_img

काठमाडौं,२५ चैत ।  पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसममा व्यापक परिवर्तन आएको छ र पश्चिम नेपालबाट वर्षा सुरु भएको छ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण रूपमा बादल लागेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदली देखिएको छ।

बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा अहिले नै मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ। मौसमविद् रोजन लामिछाने का अनुसार दिउँसोपछि वर्षा अझै बढ्ने र केही स्थानमा भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने सम्भावना छ।

विभागका अनुसार पछिल्ला केही घण्टामा चितवनदेखि पश्चिमका ६० भन्दा बढी केन्द्रमा वर्षा मापन गरिएको छ। अछाम, सुर्खेत, डडेलधुरा, रोल्पा, प्युठान र चितवनलगायत क्षेत्रमा हल्का वर्षा भइसकेको छ।

दिउँसोपछि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, साथै कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी वर्षासम्म हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी केही स्थानमा मेघगर्जन, हुरीबतास र असिनासहितको वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावनासमेत रहेको विभागले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय