तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

spot_img

काठमाडौँ,२६ चैत । काठमाडौँस्थित मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको छ, जसका कारण अधिकांश क्षेत्रमा आकाश बदली भएको छ।

महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि बढी बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका साथै पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा मधेस प्रदेश का थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, रातिको समयमा कोशी प्रदेश र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेश सहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

मौसमविद्हरूले विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई चट्याङ्ग र वर्षाबाट सतर्क रहन आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय