spot_img

वैशाख २१ देखि पठनपाठन सुरु

spot_img
spot_img

काठमाडौँ,२७ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को निर्देशनअनुसार नयाँ शैक्षिक सत्र २०८३ को औपचारिक पठनपाठन वैशाख २१ गतेदेखि सुरु हुने भएको छ।

सरकारको निर्णयअनुसार शैक्षिक सत्र भने वैशाख १५ गतेदेखि नै सुरु हुनेछ, जसअन्तर्गत सोही दिनदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिनेछ।

विद्यालयहरूलाई भने वैशाख २ गतेदेखि नै आन्तरिक शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ, ताकि नयाँ सत्रको तयारी प्रभावकारी रूपमा गर्न सकियोस्।

यसैबीच, चैत २३ गतेदेखि सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भइसकेको छ।

सरकारले शैक्षिक व्यवस्थापनलाई व्यवस्थित बनाउँदै नयाँ सत्रलाई समयमै सञ्चालन गर्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय