जनताको गुनासो सुन्न सांसद हरि पन्तले बीरगन्जमा निजी सचिवालय खोले

spot_img

बीरगन्ज,२७ चैत । पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद हरि पन्त ले जनताको समस्या प्रत्यक्ष रूपमा सुन्न र समाधान गर्न निजी सचिवालय कार्यालय सञ्चालनमा ल्याएका छन्।

बीरगन्ज महानगरपालिका–८ मा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन सांसद पन्तले स्वयं गरेका हुन्। उनले चुनावपछि सांसदहरू राजधानीमै सीमित रहने प्रवृत्ति अन्त्य गर्दै जनतासँग नजिक रहने उद्देश्यले क्षेत्रमै कार्यालय सञ्चालनमा ल्याएको बताएका छन्।

सांसद पन्तले आफ्नो अनुपस्थितिमा पनि सेवाग्राहीलाई सहयोग पुर्‍याउने उद्देश्यले सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टोली गठन गरिएको जानकारी दिए। उक्त टोलीलाई छिट्टै पूर्णता दिइने र सम्पर्क विवरण सार्वजनिक गरिने उनले बताए।

उनले सरकारी कार्यालयहरूलाई सेवाप्रवाहमा ढिलासुस्ती नगर्न निर्देशन दिइसकेको उल्लेख गर्दै यदि अनावश्यक ढिलाइ भए सचिवालयमार्फत जानकारी गराउन जनतालाई आग्रह गरेका छन्।

उद्घाटन कार्यक्रममा तुलसा पौडेल, सुदिश प्रजापति, दिलिप कुर्मी, राम आर्या, अमन आलम, गौतम श्रेष्ठलगायत विभिन्न राजनीतिक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

spot_img

ताजा अपडेट

लोकप्रिय